संखुवासभाको मेन्छ्याम हाइड्रोले थाल्यो बिजुली उत्पादन

संखुवासभा : संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।

मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।

आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर नगरपालिका–२ मा उक्त आयोजना निर्माण भएको छ। सब–स्टेसनसम्म लाइन जोडिइसकेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP