आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनलमा

पोखरा : नेपाल पुलिस क्लबलाई नाटकीय रुपमा पराजित गर्दै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्याइजले दोस्रो हाफमा बराबरी गोल फर्कायो।

खेलको २४ औँ मिनेटमा पुलिसका रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। खेलको ७६ औँ मिनेटमा चर्च ब्वाइजका अन्जन बिष्टले गोल गर्दै खेल १/१ को बराबरीमा पुर्‍याए।

खेलको ९४ औँ मिनेटमा पुलिसका प्रकाश भुजेलले हेडमार्फत गोल गरे पनि रेफ्रीले अफसाइड दिएपछि पुलिस अग्रता बनाउनबाट चुक्यो।

थपिएको अतिरिक्त समयमा चर्च ब्वाइजका अनन्त तामाङले थप गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए। हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। मनाङको कप्तानसमेत रहेका अन्जनले केही दिनअघि मात्रै मनाङ छाडेर नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP