Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

खेलले नेपाल, भारतको सम्बन्ध सुमधुरः मेयर शाह

सनिउल्ला धोबी-कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले क्रिकेट खेलले नेपाल भारतको सम्बन्ध समधुर रहेको बताउनु भएको छ । खेललाई दुई देशको सिमानाले रोक्न सक्दैन, खेल मार्फत दुई देशको आपसी भाइचार स्थापित भएको नगरप्रमुख शाहले बताउनुभयो ।

कपिलवस्तुको बहादुरगंजमा रहेको युवा अमन सामाजिक विकास केन्द्रको आयोजनामा आज देखी सुरु भएको नेपाल भारत मैंत्री क्रिकेट प्रतियोगीतामा मनतव्य राख्दै नगरप्रमुख शाहले खेलले मानव स्वास्थ्यमा सकारात्मका प्रभाव पारेको बताउनुभयो । युवा अमन सामाजिक विकास केन्द्रको आयोजनामा प्रत्येक बर्ष नेपाल भारत मैंत्री क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएकोमा नगरको शान बढेको नगर प्रमुख शाहको भनाई रहेको थियो ।

नेपाल भारत मैंत्री क्रिकेट प्रतियोगीताको उदघाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिव पुजन यादवले खेलको विकासका लागि प्रदेश सरकारबाट प्रत्येक पालिकामा खेल मैदान निर्माण गर्न एक, एक करोड रकम दिएको बताउनुभयो । खेल मैदान निर्माणका लागि यस बषृ पनि प्रदेश सरकारले रकम विनियोजन गरेको सदस्य यादवले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य युवानेता रहिस शाहले खेलकुद विकासमा संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले लागानी गर्नु पर्ने बताउनुभयो । नेसपा नेता शाहले नेपालमा सहज रुपमा भारतिय खेलाडी आउने र नेपाली खेलाडी भारत सहजै जाने भएकोले दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व राष्ट्रिय खेलाडी तथा जनता प्रगतीशिल पार्टीका युवा नेता मिर्जा रशिद बेगले खेलाडीहरुको मनोबल बढाउनका लागि आफ्नो भरपुर सहयोग रहने बताउनुभयो । राज्यले खेलाडीलाई तालिम दिनुपर्ने युवा नेता बेगको भनाई रहेको छ ।

सोही कार्यक्रममा जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले युवा अमन सामाजिक केन्द्रले राम्रो काम गरेको बताउनुभयो । प्रवक्ता पठानले नेपाल भारतको खेलाडीलाई मार्यदिद एवम सहज रुपमा खेलमा सहभागी हुनाका लागि अनुरोध गर्नुभयो ।

आज देखी सुरु भएको नेपाल भारत मैंत्री क्रिकेट प्रतियोगीतामा भारतको फैजाबाद र कपिलवस्तुका युवाहरु विच उदघाटन खेल भएको युवा अमन सामाजिक विकास केन्द्रका अध्यक्ष बदरे आलम शाहले जानकारी दिनुभयो । खेल दुई हप्ता सम्म चल्नेछ । नेपाल भारतका कुल २४ वटा टीमले सहभागीता जनाएको अध्यक्ष बदरे आलम शाहले बताउनुभभो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP