
काठमाडौं : ३ पाकिस्तानी खेलाडी समावेश हेल्प नेपाल स्पोर्ट्स क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलतर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियन भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले साविक विजेता विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्यो।
महितातर्फ पुलिसले पनि साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबमाथि ३–२ को प्रतिष्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो।
पुरुषतर्फको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा हेल्प नेपालले २५–२२, २६–२४ र २५–२३ को सेटमा जित निकालेको हो। यससँगै हेल्प नेपालले यसअघि भएका ३ प्रतियोगितामा फाइनलमा भोगेको हारको बदलासमेत लिएको छ।
हेल्प नेपाल यसअघि आर्मीसँग क्लब च्याम्पियनसिप, क्लब लिग र टाइगर कपको फाइनलमा पराजित भएको थियो। च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद ४ लाख रूपैयाँ हात पारेको छ। उपविजेता आर्मीले २ लाख रूपैयाँमा चित्त बुझायो।
तेस्रो स्थानका लागि आइतबार नै भएको प्रतिष्पर्धामा पुलिसलाई हराएको एपिएफले १ लाख रूपैयाँ हात पारेको छ।
पुलिस क्लब महिला च्याम्पियन
महिलातर्फको फाइनल भिडन्तमा पनि साविक विजेता उपविजेतामा खुम्चियो। साविक विजेता न्यु डायमण्डलाई पराजित गर्ने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो। पछि परे पनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो।
तेस्रो सेट २५–२७ ले न्यु डायमण्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जितेपछि खेल पाँचौं सेटमा लम्बिएको थियो। पाँचौं तथा निर्णायक सेटमा पुलिसले १५–११ ले नतिजा आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो।
यससँगै पुलिस २०६९ सालपछि प्रतियोगिताको च्याम्पियन बनेको छ साथै पुलिसले यो प्रतियोगिताको उपाधि दोस्रो पटक उचालेको छ।
रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै ४ लाख रूपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमण्डले २ लाख रूपैयाँ प्राप्त गरेको छ। तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा आर्मीलाई ३–२ को सेटमा पराजित गरेको एपिएफले नगद १ लाख रूपैयाँ पायो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया