Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बंगबन्धु ढाका म्याराथन : नेपाललाई स्वर्ण र कास्य‚ पुष्पा पहिलो र वृन्दा तेस्रो

सल्यान : बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुकेले कास्य जितेकी छन्।

उनले ४२ दशमलव १९५ किलोमिटरको निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी हुन्।

श्रीलंकाकी खेलाडी दोस्रो भइन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तृतीय हुन सफल भएकी छन्। मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड र वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे।

उपाधिसँगै पुष्पाले ५ लाख बंगलादेशी टाका र तेस्रो भएकी वृन्दाले ३ लाख टाका पुरस्कार पाएका छन्।

पुष्पा बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुुन् भने सन् २०२२ मा सो म्याराथनमा कास्य पदक जितेकी थिइन्। उनले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमान बनाएकी थिइन्।

पुरुषतर्फ भने हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन्। म्याराथनमा सन्तोषविक्रम विष्ट चौथो तथा किरणसिंह बोगटी सातौं स्थानमा रहे।

महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ चौथो, राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे।

नेपालबाट म्याराथनमा पुरुषतर्फ ३ जना‚ महिलातर्फ २ जना र हाफ म्याराथनमा पुरुषतर्फ २ जना र महिलातर्फ ३ जना गरी १० जना खेलाडी सहभागी भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP