Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

महिला राष्ट्रिय क्रिकेटको उपाधि जित्यो सुदूरपश्चिमले

इटहरी : महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ। आज (शनिबार) भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि कब्जा गरेको हो।

जितका लागि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले निर्धारित ओभरको एक बल अगावै ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान गरिन्। डोली भट्टले २२ तथा कविता जोशीले अविजित १९ तथा कविता कुँवरले १२ रन जोडिन्।

त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०१ रन बनाएको थियो। प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान गरिन्। अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले क्रमशः १५ र १४ रन जोडे।

बलिङतर्फ मनिषा चौधरीले सर्वाधिक २ विकेट लिँदा ऋतु कनोजियाले १ विकेट हात पारिन्। उपाधिसँगै सुदूरपश्चिम प्रदेशले ५ लाख नगद पुरस्कार हात पारेको छ भने उपविजेतामा सीमित प्रदेश १ ले ३ लाख रूपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP