Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको ‘क्लिन स्वीप’

काठमाण्डाै – न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ।

जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय १२ रन जोडे । कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन/तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP