Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इलामको माई भ्याली गोल्डकप : एन्फाले मिति तोके पनि यो वर्ष नहुने

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको यो वर्षको प्रतियोगिता आयोजना सूचीमा रहेको इलामको माई भ्याली गोल्डकप नहुने भएको छ।

पूर्वी पहाडको प्रतिष्ठित गोल्डकपको सातौँ संस्करण २०७९ सालमा आयोजना नगर्ने आयोजक संस्था माई भ्याली फुटबल क्लबले जनाएको छ। क्लबका अध्यक्ष दिनेश काफ्लेले प्रतियोगिता यस वर्ष आयोजना नहुने बताए।

‘एन्फाले दिएको मितिमा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल र अन्य गोल्डकप चल्ने भएकाले राष्ट्रिय खेलाडी उपलब्ध नहुने भएका कारण हामीले यो वर्ष माई भ्याली गोल्डकप गर्दैनौँ।’ काफ्लेले भने, ‘एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग समेत छलफल गर्दा उहाँले साख नगुमाउनुस्, बरु प्रतियोगिता अर्को साल भव्य रूपमा गर्नुस् भन्ने सल्लाह बमोजिम हामी अघि बढेका छौ।’ २०८० को मध्यतिर प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए।

कोभिड संक्रमण सुरु भएपछि २०७६ यता माई भ्याली गोल्डकप सञ्चालन हुन सकेको छैन्। यो गोल्डकप नेपालमा बढी दर्शक बटुल्ने प्रतियोगितामध्येमा पर्छ । आयोजकले टिकटबाट ​एकै दिनमा १६ लाख रुपैयाँसम्म उठाउने गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP