Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

इलामको माई भ्याली गोल्डकप : एन्फाले मिति तोके पनि यो वर्ष नहुने

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको यो वर्षको प्रतियोगिता आयोजना सूचीमा रहेको इलामको माई भ्याली गोल्डकप नहुने भएको छ।

पूर्वी पहाडको प्रतिष्ठित गोल्डकपको सातौँ संस्करण २०७९ सालमा आयोजना नगर्ने आयोजक संस्था माई भ्याली फुटबल क्लबले जनाएको छ। क्लबका अध्यक्ष दिनेश काफ्लेले प्रतियोगिता यस वर्ष आयोजना नहुने बताए।

‘एन्फाले दिएको मितिमा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल र अन्य गोल्डकप चल्ने भएकाले राष्ट्रिय खेलाडी उपलब्ध नहुने भएका कारण हामीले यो वर्ष माई भ्याली गोल्डकप गर्दैनौँ।’ काफ्लेले भने, ‘एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग समेत छलफल गर्दा उहाँले साख नगुमाउनुस्, बरु प्रतियोगिता अर्को साल भव्य रूपमा गर्नुस् भन्ने सल्लाह बमोजिम हामी अघि बढेका छौ।’ २०८० को मध्यतिर प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए।

कोभिड संक्रमण सुरु भएपछि २०७६ यता माई भ्याली गोल्डकप सञ्चालन हुन सकेको छैन्। यो गोल्डकप नेपालमा बढी दर्शक बटुल्ने प्रतियोगितामध्येमा पर्छ । आयोजकले टिकटबाट ​एकै दिनमा १६ लाख रुपैयाँसम्म उठाउने गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP