Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जोकोभिचले जिते अस्ट्रेलियन ओपन टेनिसको कीर्तिमानी उपाधि

काठमाडौं : सर्बियाका नोभाक जोकोभिचले कीर्तिमानी दशौंपटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्।

मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा जोकोभिचले ग्रिसका स्टेफानो चिचिपासलाई तीन–शून्यको सोझो सेटमा पराजित गरे। उत्कृष्ट सुरुवात गरेका ३५ वर्षीय जोकोभिचले पहिलो सेट ६–३ ले जिते। दोस्रो सेट २४ वर्षका चिचिपासले बलियो चुनौती पेस गरेपछि टाइब्रेकरमा पुग्यो।

चिचिपासको अग्रता उल्ट्याउँदै जोकोभिचले ७–६ ले सेट आफ्नो पक्षमा पारे। तेस्रो सेटमा ७–६ को जित हात पारेसँगै जोकोभिच मेलवर्नमा च्याम्पियन बने। यो जितपछि जोकोभिचले ओपन एरामा पुरुष एकलतर्फ सर्वाधिक २२ ग्रान्डस्लाम जित्ने स्पेनिस रफायल नाडालको कीर्तिमानमा पनि बराबरी गरेका छन्।

मेलवर्नमा दशपटक फाइनल पुग्दा जोकोभिचले दशपटक नै उपाधि जितेका छन्। उनलाई सन् २०१८ यता कसैले पराजित गर्न सकेको छैन। उनको अस्ट्रेलियन ओपनमा जितको संख्या २८ खेल पुगेको छ।

गत वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाएनन्। कोभिड खोपका लगाएको प्रमाण नदेखाएपछि जोकोभिचलाई मेलवर्नबाटै फकाईएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP