Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।  पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्।  पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। ‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’, उनले भिडियोमा भनेका छन्, ‘केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ।’  कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’ आफूलाई दुरुपयो गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन्। ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्‍नँ।’ नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई तरंगित गरेको छ। यसैबीच पत्रकार पुडासैनीले नाम लिएका रवि लामिछानेले यस प्रकरणमा आफ्नो स्पष्टीकरणका लागि फेसबुक लाइभमा आउने बताएका छन्। उनले यस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP