Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।  पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्।  पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। ‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’, उनले भिडियोमा भनेका छन्, ‘केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ।’  कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’ आफूलाई दुरुपयो गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन्। ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्‍नँ।’ नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई तरंगित गरेको छ। यसैबीच पत्रकार पुडासैनीले नाम लिएका रवि लामिछानेले यस प्रकरणमा आफ्नो स्पष्टीकरणका लागि फेसबुक लाइभमा आउने बताएका छन्। उनले यस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP