Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

काठमाडौं : न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ।

गएराति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२ दममलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका कप्तान हार्दिक पन्ड्याले चार विकेट लिए। चार ओभर बलिङ गरेका पन्ड्याले १६ रनमात्र खर्चिए । यस्तै, अर्सदीप सिंह, उम्रन मलिक र सिवम मावीले समान दुई विकेट लिए।

भारतविरुद्ध निरीह देखिएको न्युजिल्यान्डबाट डर्याल मिचेलले ३५ र कप्तान मिचेल स्यान्टनरले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि ओपनर सुबमन गिलले अविजित १२६ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो यस्तै राहुल त्रिपाठीले ४४, हार्दिक पान्ड्याले ३० र सूर्यकुमार यादवले २४ रन बनाएका थिए।

न्युजिल्यान्डका मिचेल ब्रासवेल, ब्लायर टिकनेर, ईश सोधी र डार्याल मिचेलले समान एक विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP