Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बन्द प्रशिक्षणमा क्रिकेटर सन्दीप

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। आज उनलाई अभ्यासका लागि बोलाइएको थियो।

नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको हो।

उच्च अदालत पाटनको आदेशमा दुई साताअघि सशर्त २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको क्यानको बैठकले निलम्बन फुकुवा गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलाउन समस्या नहुने जनाइसकेको छ।

सन्दीप आज केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए। उनी टोलीमा फर्किएसँगै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ। नेपालले आगामी फेब्रुअरी १४ बाट त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नामिबिया र स्कटल्याण्डसँगको त्रिदेशीय एकदिवसीय सिरिज खेल्दै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP