Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय महिला भलिबल : एपिएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौं : विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै फाइनल पुगेका हुन्। ​एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड लिग चरणको एक खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गरेको हो।

पहिलो सेट २२–२५ ले गुमाएको न्यु डायमण्डले त्यसपछिका सेटमा उत्कृष्ट पुनरागमन गर्दै १५–२५, २२–२५ र १९–२५ को जित निकाल्यो। प्लेयर अफ दि म्याच घोषित न्यु डायमण्डकी स्पाइकर प्रतिभा मालीले १० हजार रूपैयाँ र ट्रफी हात पारिन्।

आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले लगातार दोस्रो जित पायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा एपिएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटमा हरायो। एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

प्लेअर अफ दि म्याच घोषित एपिएफकी निरुता ठगुन्नाले नगद १० हजार रूपैयाँसँगै ट्रफी हात पारिन्। आजको हारसँगै आर्मीले लगातार दोस्रो हार बेहोरेको छ।

जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ। पुलिसले २ खेलबाट अंकको खाता खोल्न सकेको छैन। एपिएफको पनि ६ अंक छ। पुलिस र आर्मीले २ खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेका छैनन्।

प्रतियोगिताअन्तर्गत आइतबार नै भएको पहिलो खेलमा एपिएफले आर्मीलाई सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो।

प्रतियोगितामा सोमबार लिग चरणको अन्तिम खेल हुनेछन्। पहिलो खेलमा एपिएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिष्पर्धा हुनेछ। यी खेलबाट तालिकामा शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP