Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

चिकित्सक संघको अध्यक्षमा डा.कार्की निर्वाचित

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्षमा डा.अनिलविक्रम कार्की निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार ५३७ मत ल्याई डा.कार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा.धनबहादुर रानामगरले जानकारी दिए।

डा. कार्कीका निकटतम प्रतिद्वन्द्वी डा. सन्तोष पौडेलले दुई हजार ३२३ मत प्राप्त गरे। अर्का प्रत्यासी डा.शिवजीविक्रम सिलवालले १९० मत पाए।

मधेश प्रदेश उपाध्यक्षमा डा. नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा.प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा.राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा.प्रशान्त भट्ट निर्वाचित भएका छन्।

यसअघि वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, प्रदेश १ उपाध्यक्षमा डा.विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा.नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए।

महासचिवमा डा.सञ्जिव तिवारी निर्वाचित भएका छन्। सदस्यमा डा.अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा.स्मृति महत, डा. सिर्जना विष्ट, डा.तेङ्सुसिंह मल्ल र डा.योभिन यादव निर्वाचित भएका छन्। कोषाध्यक्ष डा.प्रमोद जोशी, सहकोषाध्यक्ष डा.विक्रान्त ढकाल र सहसचिवमा डा.लिजन महर्जन पनि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनमा कुल १२ हजार ८३४ मध्ये छ हजार २९२ मत खसेको छ। गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP