Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

साफ यू–२० महिला फुटबल : नेपाल उपविजेतामा सीमित

काठमाडौं : बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदैप्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।

बंलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।

प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए। प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो। यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो।

त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बंगलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP