Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

केपी ओली कप प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं : फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्।

आयोजक युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। फागुन १७ गतेसम्म हुने प्रतियोगितामा फागुन १२ मा २ खेल हुने छन्।

बिहान ११ बजे शुरु हुने विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ। यसैगरी सोही दिन दिउँसो ३ बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन्।

नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगितामा हरेक खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनल फागुन १४ र १५ गते एन्फा कम्प्लेक्समा हुनेछ। तालिकाअनुसार प्रतियोगिताको फाइनल भने फागुन १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ।

कुल ७ खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरी सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार रूपैयाँ पाउने आयोजकले यसअघि नै जानकारी दिएको छ। हरेक खेलको विजेता टोलीलाई २५ हजार रूपैयाँ दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार प्रदान गरिनेछ।

प्रतियोगिमा शहीद स्मारक ‘ए’ डिभिजन लिगका ७ र आयोजकको १ गरी कुल ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब तथा आयोजकको केपी ओली फुटबल क्लबले प्रतिष्पर्धा गर्ने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP