Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राजर्षि जनक कप : संकटालाई पराजित गर्दै जावलाखेल फाइनलमा

सर्लाही : संकटा क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब ललितपुर सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब ललितपुर १–० गोल अन्तरले विजयी भएको हो।

पहिलो सेमिफाइनल खेलमा जित निकालेको जावलाखेल युथ क्लब ललितपुरले कम्तिमा उपविजेताको उपाधि ५ लाख सुरक्षित गरेको छ।

पहिलो हाफसम्म बराबरी भएको खेलको ४९ औँ मिनेटमा जावलाखेलका सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जावलाखेलका हिसुव थपलियाको क्रस पासमा खड्काले गोल गरेका हुन्। दोस्रो हाफपछि केही सुधारिएको खेल प्रदर्शन गरेको जावलाखेलले केही आकर्षक अवसर सृजना गरे पनि थप गोल भने गर्न सकेन।

खेलको दोस्रो हाफमा संकटाका खेलाडीले गरेको सशक्त प्रहारको जावलाखेलका गोलरक्षक अनिश देउलाले आकर्षक बचाउ गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खड्काको गोल नै निर्णायक बन्यो।

टिमको पहिलो गोलमा सपोटेर्ड भूमिका निभाएका हिसुव थपलिया खेलको म्यान अफ दि म्याच घोषित हुँदै ट्रफी र १० हजार पुरस्कार प्राप्त गर्न सफल भए।

जितसँगै फाइनलमा प्रवेश गरेको जावलाखेल युथ क्लब ललितपुरले शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलका विजेता टोलीसँग विजेता उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

आयोजक बागमती युवा क्लबका अनुसार शुक्रवारको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र सुदूरपश्चिम–११, धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

फागुन ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख राजर्षि जनक कप र उपविजेता टोलीले नगद ५ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP