लिभरपुलले न्युकासललाई हरायो

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको छ।

गएराति भएको खेलमा लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे।

खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

खेलको २२ औं मिनेटमा निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो।

जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ। न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP