Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

युवती भारत लगेर बेच्ने २ जना पक्राउ


दाङ : दाङ प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ की ३९ वर्षीया टोपली सार्की र सोही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरूलाई फागुन ४ गते घोराही-१४ स्थित शेखर होटलबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत कसुरमा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार घोराही-१४ लखनपार्कनजिकै होटल सञ्चालन गर्दै आएकी टोपलीले गत माघ २१ गते २० वर्षीया एक युवतीलाई भारतको चण्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै रुपैडिया हुँदै चण्डीगढको कोठीमा बेचेकी थिइन्। कोठीको मालिकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफू बेचिएको थाहा पाएकी थिइन्।

उनले आफू घर जान्छु भन्दा ‘घर जान पाइँदैन, यही कोठीमा बसी यौनजन्य काम गर्नु पर्छ। नत्र जे पनि गर्न सक्छौँ भनी धम्की दिएर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको र १२ दिनसम्म पीडित युवतीको यौन शोषण भइरहेको उनकी आमाले थाहा पाएपछि छोरी बेचबिखनमा परेको भनेर प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि प्रहरी परिचालन गरि विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा पीडितको उद्धार गरिएको पनि प्रवक्ता गौतमले जानकारी दिए।

तुलसीपुरमा ब्राउनसुगरसहित पक्राउ

तुलसीपुरमा प्रहरीले ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय रूपकसिंह सुनार रहेको प्रहरीले जनाएको छ।

उनको साथबाट बरामद ६ पुरियाबाट ५ ग्राम ब्राउनसुगर फेला पारी उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषध रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत छिमेकी जिल्लाहरूबाट हुने लागुऔषध ओसारपसार न्यूनीकरण गर्न प्रविधियुक्त ड्रग्स ट्रयाकर कुकुरसहित सोमबार राति करिब ११ बजे तुलसीपुर-१३ दमार गाउँस्थित तुलसीपुर-अमिलिया सडकखण्डअन्तर्गत अस्थाई प्रहरी पोष्ट दमार गाँउ जाँच गर्ने क्रममा अमिलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २८७२ नम्बरको हाएस गाडीमा उनी आएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP