Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

फुटको संघारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान


पर्वत : बागलुङ जिल्ला घर भई काठमाडौंमा रहेर लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय छन्, गायक विष्णु खत्री।

‘भलादमी गायक’ को छवि बनाएका खत्री लोक दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा अध्यक्ष बन्ने होडमा आए। उनीसँग जुधेका थिए अर्का कलाकार रमेश बि.जी.। प्रतिस्पर्धामा रमेशले विष्णुलाई ३९ मतान्तरमा हराए।

बि.जी.सँगको प्रतिस्पर्धा भने अध्यक्ष बन्नका लागि खत्रीको तेस्रो प्रतिस्पर्धा थियो। यसअघि एक कार्यकाल चन्द्र शर्मा र एक कार्यकाल बद्री पङ्गेनीसँग चुनावी मैदानमा उत्रिएका खत्री तीनै पटक पराजित भए।

जीवनको ऊर्जाशील समय लोक सङ्गीतमा बिताएका र वर्षौँदेखि लोक सङ्गीतमा रहेका कारण यो पटक आफू अध्यक्ष चुनिने आशमा थिए खत्री। तर त्यो सम्भावना नदेखेपछि उनले ‘कलाकारहरूलाई शिरमा राख्ने नयाँ यात्रा’ मा लागेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले आफूहरूको नयाँ यात्रामा प्रतिभावान्, क्षमतावान्, दक्ष, विज्ञता र अनुभव भएका सबैलाई हातेमालो गर्न आउन आह्वान गरेका छन्। यसको अर्थ खत्रीले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ बाट अलग्गिएर यसैसँगको समानान्तर सङ्गठन निर्माण गर्न लागेको जस्तो देखिएको छ।

‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हाम्ले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छौँ। धन्यवाद। जय संस्कृति’, खत्रीले लेखेका छन्, ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट साङ्गठनिक र भावनात्मक रूपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु। कलाकारको हकहितको मुद्दामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्री रूपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु।’

दु:ख, मिहिनेत र पसिना बगाएको संस्थाको असाध्यै माया लाग्ने गरेको भन्दै कलाकार खत्रीले निर्वाचनमा पराजय भोगेर बाहिर संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भूमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त नभएकोमा दुखेसो पोखेका छन्। यस पटक भने अग्रज कलाकारबाट नेतृत्वमा आउन आफूप्रति केही सद्भाव रहन्छ कि भन्ने झिनो आशा राखेको भए पनि त्यो सौभाग्य पनि प्राप्त गर्न नसकेको उनको भनाइ छ।

खत्री प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल सचिव पदमा थिए।

प्रतिष्ठानको आठौँ महाधिवेशन शुक्रबार धादिङको धादिङबेसीमा सुरु हुँदै छ। फागुन १४ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिसहभागी हुने छन्। प्रतिष्ठानमा २६ हजार ११८ जना सदस्य छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP