Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

तीजको बेलुका खुर्पा प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिम, भदौ १७

खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

मुसिकोट नगरपालिका–३, माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई मंगलबार बिहान २ः१५ बजेको समयमा घरनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ ।

उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP