Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप लिग टू : नेपालले टस जित्यो पहिले ब्याटिङ गर्ने


काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ मा क्रिकेटमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ। खेल साढे ९ बजेदेखि सुरु हुनेछ। नेपाल आजको खेल जित्दै एकदिवसीय मान्यता जोगाउन चाहन्छ। आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिन्छ।

अब बाँकी तीनवटै खेल जितेमा नेपालले शीर्ष तीनमा रहेर जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ।

एक खेलमात्र हारेमा पनि नेपालको त्यो सम्भावना समाप्त हुन्छ। नेपालले प्लेअफबाट गुज्रिनुपर्ने हुन्छ। तथापि, आगामी चार वर्षको लागि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने जोगाउने सम्भावना रहन्छ।

आईसीसीले शीर्ष पाँचमा रहने टिमले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छ।

सात देश सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ स्थानमा छ। प्रतियोगिताको च्याम्पियन बनेको स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ । ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ। स्कटल्यान्ड र ओमान दुवैले जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन्।

तेस्रो स्थानमा नामिबिया छ। नामिबियाले ३९ अंक जोडेको छ। सबै खेल जितेमा नेपालको ४० अंक हुनेछ। र, नामिबियालाई पछि पार्दै नेपालले जिम्बाब्वेको टिकट पक्का गर्नेछ।

३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ। पीएनजी ११ अंकका साथ सातौँ स्थानमा छ।

नेपालमा जारी त्रिदेशीय शृंखलामा नेपालले यूएईविरुद्ध पहिलो खेल खेल्न लागेको हो। यसअघि नेपालले नेपाल पीएनजीलाई ५२ रनले हराएको थियो। यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP