Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यस्तो छ एसिसी प्रिमियर कपको तालिका‚ नेपालको पहिलो खेल मलेशियाविरुद्ध


काठमाडौं : एशियाली क्रिकेट काउन्सिल (एसिसी) ले नेपालमा हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। एसिसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्नेछ।

नेपालले दोस्रो खेल ओमान र तेस्रो खेल कतारसँग खेल्नेछ।

आगामी वैशाख ५ गतेदेखि १८ गतेसम्म आयोजना हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्।

एशियाका १० देश सहभागि हुने यो प्रतियोगितामा जम्मा २४ खेल हुनेछन्। सहभागी १० देशलाई २ समूहमा विभाजन गरि प्रतियोगितामा सञ्चालन हुनेछ।

समूह ‘ए’ मा आयोजक राष्ट्र नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र ओमान छन्। समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन्।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने राष्ट्र प्रतियोगिताको सेमिफाइनल खेल्ने छन्। प्रतियोगिताको विजेता आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छानिनेछ।

प्रतियोगिताका शीर्ष तीन स्थानमा रहने राष्ट्र एसिसी इमर्जिङ एशिया कपका लागि छनोट हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP