इटहरी गोल्डकप : सगरमाथा युथ र चर्च व्बाइजबीच आज उपाधि भिडन्त


काठमाडौं : इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा युथ क्लब र चर्च व्बाइजबीच प्रतिस्पर्धा हुँदैछ।

इटहरी रंगशालामा शनिबार दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा दुवै टोली विजयी लक्ष्यका साथ मैदान उत्रिँदैछन्।

सगरमाथाका प्रशिक्षक याम गुरुङले आफूहरू डिफेन्डिङ च्याम्पियन भएकाले पनि उपाधि जित्नै पर्ने दबाबमा रहेको बताए।

यस्तै चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले सबै खेलाडी तन्दुरुस्त रहेकाले जितप्रति विश्वस्त रहेको बताए । सगरमाथाले इटहरी गोल्डकपको पहिलो खेलमा एभेनियर फुटबल क्लबलाई हराएको थियो भने सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबविरुद्ध जित निकालेको थियो।

चर्च ब्वाइजले पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको थियो भने सेमिफाइनलमा विभागीय टोली आर्मीविरुद्ध जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP