Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

ओलम्पिक छनोट खेल नेपालमा हुने


काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालिका थियो। अफगानिस्तानअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो।

भियतनामको टोली प्रतियोगिता शुरु हुनुभन्दा २ दिनअघि चैत २० गते नेपाल आइपुग्नेछ।

फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको हो।

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ। एशियाली राष्ट्रलाई विभिन्न ७ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ।

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ ३ सय र भिआइपी प्यारापिटतर्फ १ हजार तय गरिएको एन्फाले जनाएको छ। उक्त प्रतियोगिताका लागि करिब ४३ लाख रूपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP