Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ओलम्पिक छनोट खेल नेपालमा हुने


काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालिका थियो। अफगानिस्तानअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो।

भियतनामको टोली प्रतियोगिता शुरु हुनुभन्दा २ दिनअघि चैत २० गते नेपाल आइपुग्नेछ।

फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको हो।

उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ। एशियाली राष्ट्रलाई विभिन्न ७ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ।

खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ ३ सय र भिआइपी प्यारापिटतर्फ १ हजार तय गरिएको एन्फाले जनाएको छ। उक्त प्रतियोगिताका लागि करिब ४३ लाख रूपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP