Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

डेब्यु संस्करणमा उपाधि जित्ने विराटनगर र लुकाको विश्वास


इलाम : सातौं संस्करणको विराट गोल्डकप फुटबलको डेब्यु उपाधिको लागि घरेलु टोली विराटनगर सिटी एफसीविरुद्ध पाहुना टोली लुका सकर क्लब भिड्दैछ।

नेपाल सुपर लिग क्लब विराटनगरलाई केरला प्रिमियर लिग क्लबविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। दुवै टोलीको दावी आफूले उपाधि जित्ने छ। पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्न तयार छन्।

विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए। ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ। उपाधि उचाल्ने प्रयास रहनेछ,’ उनले भने,’ दुई लक्ष्य लिएर आएका थियौं। एउटा उपाधि र अर्को फाइनल पुग्ने। एउटा पूरा भयो अर्को भोलि हुन्छ।’

विराटनगर सिटीका कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। ‘लुका सकर राम्रो टिम हो। अग्ला कदका खेलाडी छन्। त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौं,’ उनले भने, ‘केरलाका अग्ला खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं।’

नेपालमा पहिलो गोल्डकप खेल्न आएको केरलाको लुका सकर क्लब विराट गोल्डकपको फाइनलमा पुगेको हो। लुका सकर क्लब केरला प्रिमियर लिगको समूह चरणको सबैभन्दा कमजोर टोली हो।

सन् २०२२–२३ को सिजनमा समूह ए मा रहेको लुकाले समूह चरणको ७ वटै खेलमा पराजय भोगेको थियो। भारतीय राज्य केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनलभन्दा अघिको रणनीतिमा खेल मैदानमा उत्रने बताए।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए। ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो। त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने।

केरलाका कप्तान अर्सादले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको उपाधि जित्ने दाबी गरे। ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौं,’ उनले भने।

विराटनगर चौथो संस्करणको विजेता नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराटनगरले क्वार्टरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो।

विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरलाले क्वार्टरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो। सेमिफाइनलमा केरलाले डिफेन्डिङ च्याम्पियन विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

घरेलु टोली ए डिभिजन क्लब मछिन्द्र र खुमलटारको खेलाडीको मिश्रणसहित फाइनल पुगेको हो। विराट गोल्डकपको डेब्यु सहभागितामा विराटनगर सिटी फाइनल पुगेको हो।

घरेलु टोली विराट गोल्डकपमा पहिलो पटक फाइनल पुगेको हो। केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ।

साविक बिजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट देवेन्द्र तामाङ र विमल घर्तीमगरलाई मैदानमा उतारेको थियो। सेमीफाइनलमा खेलमा नै खुमलटारका स्टेफेन विनोङ समिर र मेसुके ओलामाउसमेत टोलीमा समेटिएका थिए।

घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए। उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो।

चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP