साउथ ह्याम्प्टनविरुद्ध सिटीको फराकिलो जित, चेल्सी उल्भ्ससँग पराजित


काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्प्टनविरुद्ध म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

गएराति सेन्ट म्यारी स्टेडियममा भएको खेलमा पाहुना टोली सिटीले ४–१ गोलको जित निकालेको हो। सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक–एक गोल गरे। योसँगै हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३० गोल समेत पूरा गरेका छन्।

साउथ ह्याम्पटनका लागि सेकोउ माराले शान्त्वना गोल फर्काए। जितसँगै सिटी २९ खेलमा ६७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। पुछारमा रहेको साउथ ह्याम्प्टनको २३ अंक छ।

गएराति नै भएका अन्य खेलमा खराब लयमा रहेको चल्सीले उल्भ्ससँग १–० गोलको पराजय व्यहोर्‍यो। टोटेनहमले ब्राइटनलाई २–१ र वेस्टह्यामले फुलह्यामलाई १–० गोलले हरायो।

न्युक्यासले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गर्दा एस्टोन भिल्लाले नटिङघम् फरेस्टलाई २–० गोलले पराजित गर्‍यो। यस्तै शनिबार नै भएको पहिलो खेलमा म्यानचेस्टर युनाईटेडले एभर्टनलाई २–० गोल अन्तरले हराएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP