जिताउन सहयोग गर्नेहरूको विश्वास टुट्न दिन्नँ : ज्योत्स्ना श्रेष्ठ


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले आफूलाई जिताउन सहयोग गर्नेहरूको विश्वास टुट्न नदिने बताएकी छिन्।

महासंघको एसोसिएट उपाध्यक्ष निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै उनले काम गर्न आफूलाई कुनै कठिनाइ नहुने र टिमलाई समेटेर व्यवसायीको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएकी छिन्। उनले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन्।

‘व्यवसायीको समस्याको समाधान गर्ने प्रतिबद्धता छ। म टिमलाई समेटेर काम गर्छु’ , उनले भनिन्, ‘काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुरहरूको पनि विश्वास पूरा गर्नेछु।’

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरेकी हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP