Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रिमियर कपका लागि नेपालको टोली घोषणा


काठमाडौं : नेपालमा मंगलबारदेखि आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा आइतबार गरेको हो। वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने छन्। मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।

कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र ओमान छन्। यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन्।

हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्। प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छनोट हुनेछ। यसैगरी प्रतियोगिताका शीर्ष ३ टोली एशिया इमर्जिङ कपका लागि छनोट हुने छन्।

प्रतियोगितामा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।

यसैगरी नेपालले वैशाख ८ गते ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारसँग खेल्नेछ।

नेपाली टोली​

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल र गुल्सन झा

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP