Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिग : आज दशौँ चरणका अन्तिम दुई खेल

७ बैशाख, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दशौँ चरणका अन्तिम दुई खेल हुँदैछ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। १५ अंक जोडेर तेस्रो स्थानमा रहेको थ्रीस्टार आज पाँचौँ जितको लक्ष्यसहित मैदान उत्रिँदैछ।

दुई खेल जितेर १३औँ स्थानमा रहेको हिमालयन शेर्पा भने यो खेलमा जित दर्ता गर्दै सिधै १०औँ स्थानमा उक्लिने लक्ष्यमा छ । यस्तै दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुँदैछ। ३ मा जित र ६ खेलमा बराबरी गरेको चर्च ब्वाइज यो खेलमा पनि अपराजित रहँदै सिधै दोस्रो स्थानमा उक्लिन चाहन्छ।

छैटौँ स्थानमा रहेको चर्च ब्वाइजको ९ खेलबाट १५ अंक छ। यस्तै तालिकाको दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ। आजको खेल जित उसले शीर्ष स्थानको जावलाखेल खेलसँग अंक बराबरी गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP