
१८ बैशाख, काठमाडौं : एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबिच सोमबार वर्षाले अवरुद्ध फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको स्थितिमा खेल फेरि रोकिन पुगेको थियो।
दोस्रो पटक वर्षाले अवरुद्ध गरेपछि खेल फेरि शुरु गर्न सम्भव नभएपछि मंगलबारका लागि सारिएको हो। अब मंगलबार आजकै खेल स्थितिबाट खेलाइने नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ।
त्यसअघि युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएका वेला वर्षाले केहीबेर रोकिएपछि खेल फेरि सुरु भएको थियो।
युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्का हान्दै सर्वाधिक ४६ रन बनाए। यसैगरी आर्यन लाक्रा १३ रनमा र कप्तान मोहम्मद वासिम ११ रनमा आउट भए।
नेपालका लागि ललितनारायण राजवंशीले ३, करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट खसाले।
मंगलबार पनि आजको जस्तै पानी परेर खेल हुन नै नसके भने सुपर ओभरबाट विजेता तय गर्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।
वर्षाको कारण सुपर ओभर पनि खेलाउन नसक्ने अवस्था भए आइसिसीको एकदिवसीय अन्तरराष्ट्रिय वरीयतामा युएईभन्दा माथिल्लो स्थानमा रहेकाले नेपाल एशिया कपका लागि छनोट हुनेछ।
आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १४औं र युएई १९औं स्थानमा छन्।
एशिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानलगायत राष्ट्रसँग खेल्न पाउनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया