एसीसी प्रिमियर कप : नेपाल र यूएईबीचको बाँकी फाइनल खेल आज

१९ बैशाख, काठमाडौं : एसीसी प्रिमियर कपमा नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हुँदैछ।

सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुन लागेको हो। खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। ​मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। ​यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। ओमानलाई ‘डीएल मेथडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP