Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

मालपोत कर्मचारीद्धारा सेवाग्रही कुटिए

सनिउल्ला धोबी

कपिलवस्तु, भद्रा १८
कपिलवस्तुको चन्द्रौटामा मालपोत कार्यालयका कर्मचारीद्धारा सेवाग्रही कृटीएका छन । मालपोतका कम्प्युटर अपरेटर अमित कुमार अग्रहरीले सेवाग्रहीलाई मुक्का प्रहर गरी कुटेका हुन । मालपोतका कर्मचारी अग्रहरीले कपिलवस्तु शिवराज नगरपालिका वडा नं ६ पिपरी वस्ने बर्ष २५ का हरि नारायण मौर्या माथी मुक्का प्रहर गरेका हुन ।


मौर्याको मुखमा चोट लागेको छ । काम गराउने क्रममा कम्प्युटर अपरेटर अग्रहरीले रकम माग गरेकोले भनाभन हुदा उनले मुक्का प्रहर गरेका हुन । मुक्का प्रहर गरेपछी मालपोत कार्यालयको काम प्रभावित भएको थियो ।


मालपोत कार्यालय चन्द्रौटाका प्रमुख टिकाराम पौडेलले सेवाग्रहीसगँ भएको विवादलाई समाधान गर्ने बताएका छन । उहाले यदी कुनै पनि कर्मचारीले रकम लिएको थाहा पाए कर्वाही गरीने बताउनु भयो । साथै उहाँले कार्यालयमा कर्मचारीको आभाव भएकोले काम गर्दा कठिनाई भएको जानकारी दिनु भयो ।


सेवाग्रही आफैले पनि फाइल लिएर नगइ लेखापढि गर्नेलाई पठाउने हुदाँ सेवाग्राही भन्दा लेखापढि व्यवसायीहरुको भिड हुने गरेको उनले स्वीकार गरे । मालपोत कार्यालयमा कर्मचारी बाहेक अरुले फाइल खोज्ने यताउता गराउन नपाउने भए पनि चन्द्रौटा मालपोत कार्यालयमा भने सेवाग्रही फाइल खोज्ने देखि अन्य कामहरु लेखपढि व्यवसायीहरुले अझै पनि गर्दै आएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP