यस्ता लक्षण देखिए शरीरमा पानीको मात्रा नपुगेको हुनसक्छ

२३ बैशाख, काठमाडौं : शरीरमा पानीको कमी हुनुलाई डिहाइड्रेशन भनिन्छ। हाम्रो शरीरको ७० प्रतिशतभन्दा बढी भाग तरल पदार्थले बनेको हुन्छ। त्यसैले पानी हाम्रो शरीरका लागि धेरै महत्त्वपूर्ण छ।

शरीरमा पानीको अभाव लामो समयसम्म रह्यो र प्रारम्भिक लक्षणका आधारमा पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि हृदयघातसम्म हुन सक्छ। पानीको कमीले स्नायु तन्तु र धमनीहरू खुम्चिन्छन्, जसका कारण मुटुको पम्पिङअनुसार रगतको प्रवाह बढ्छ र रक्तसञ्चार राम्रोसँग हुन सक्दैन।

पिसाबको रङबाट थाहा हुन्छ डिहाइड्रेशन
-डिहाइड्रेशन हुँदा सबैभन्दा पहिला पिसाबको रङ परिवर्तन हुन्छ। यसको रंग पारदर्शी वा पानीजस्तो हुनुको सट्टा पहेँलो हुन थाल्छ।

  • शुरुमा पिसाबको रङ हल्का पहेँलो हुन्छ तर डिहाइड्रेशनको मात्रा बढेमा पिसाबको रङ गाढा पहेँलो हुन्छ।
  • डिहाइड्रेशन हुँदा बारम्बार छिटो पिसाब आउँदै छ जस्तो लाग्न सक्छ तर पिसाबको केही थोपा मात्र जान्छ।
  • पिसाबको मात्रा कम हुनुका साथै पिसाबमा जलन वा चिलाउने समस्या पनि हुन सक्छ।

कसरी बच्ने

  • धेरै पानी पिउनाले डिहाइड्रेशन ठिक हुन्छ। त्यसैले हरेक दिन ७ देखि ८ गिलास पानी पिउनुपर्छ।
  • धेरै पानी पिउनुका साथै दिउँसो १ कचौरा दही खानुपर्छ र बिहान वा बेलुकी एक गिलास दूध पिउनुपर्छ। लस्सी वा मही सेवन गर्न सकिन्छ।
  • काँक्रो-खरबुजाजस्ता फलफूलमध्ये कुनै एक दैनिक खानु राम्रो हुन्छ।
    -हरेक दिन एक गिलास बेलको जुस पिउनु पनि राम्रो मानिन्छ। यो जुसले हाइड्रेटेड पनि राख्छ र गर्मीमा दिमागलाई शान्त राख्छ।

यी पेय पदार्थबाट शरीरमा पानी पूर्ति हुँदैन
चिया, कफी, सफ्ट ड्रिंक्स, कोल्ड ड्रिंक्स, कोक आदि पेय पदार्थ सेवन नगरेको राम्रो हुन्छ। यी पिउनाले शरीरमा पानीको कमी त हट्दैन तर धेरै रासायनिक प्रतिक्रियाले शरीरमा पानीको कमी हुन जान्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP