ए डिभिजन लिगमा आज तीन खेल

२९ बैशाख, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा १६ खेलबाट २० अंक जोडेर दशौँ स्थानमा छ भने पुलिस समान खेलबाट १६ अंकसहित तालिकाको अन्तिम स्थान अर्थात् ‘रेलिगेसन जोन’मा छ।

दशरथ रंगशालामै साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १६ खेलबाट १८ अंकसहित १२औँ स्थानमा रहँदा खुमलटार समान खेलबाट १७ अंकसहित १३औँ स्थान अर्थात् रेलिगेसन जोनमै छ ।

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १६ खेलबाट २० जोडेको हिमालयन शेर्पा नवौँ स्थानमा र समान खेलबाट समान २० अंक जोडेको मनाङ आठौँ स्थानमा छन्।

३० अंक जोडेर जावलाखेल युथ शीर्ष स्थानमा रहँदा समान अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP