ए डिभिजन लिगमा आज तीन खेल

३० बैशाख, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। च्यासल मैदानमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र थ्रीस्टार क्लब भिड्नेछन्।

उपाधि होडमा फर्किन मच्छिन्द्रलाई थ्रीस्टारविरुद्ध जित निकाल्नुपर्ने दबाब छ। ​मच्छिन्द्र २४ अंकसहित तालिकाको चौथो स्थानमा छ। थ्रीस्टार जित निकाल्दै अंक तालिकामा सुधार गर्ने प्रयासमा रहनेछ।

यही समय दशरथ रंगशालामा चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिभुवन आर्मी क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिने र तीन अंकको अग्रता लिने अवसर चर्च ब्वाइजलाई छ। चर्च ३० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

दोस्रो लेगको चौथो चरणको अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे रोयल ब्लु सातदोबाटो र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो २३ अंकसहित पाँचौँ र एपीएफ २२ अंकसहित तालिकाको छैटौँ स्थानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP