
१ जेठ, काठमाडौं : ब्राइटनसँग पराजित भएपछि आर्सनललाई उपाधि होडमा ठूलो झट्का लागेको छ। गएराति भएको खेलमा आर्सनल ब्राइटनसँग ३-० ले पराजित हुन पुग्यो। अब दुई खेल बाँकी हुँदा म्यानचेस्टर सिटीले चार अंक बनाएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलको पोस्टमा ब्राइटनले ३ गोल गर्यो। खेलको ५१औँ मिनेटमा जुलियो एन्सिसो गोल गर्दै अग्रता लिए। ८६औं मिनेटमा डेनिज अन्डाभले अग्रता दोब्बर बनाए। ९६औँ मिनेटमा ब्राइटनले तेस्रो गोल गर्दै पेर्भिस इस्टुपिनानले आर्सनललाई हारको पीडा दिए।
हारपछि ३६ खेलमा आर्सनलको ८१ अंक छ भने ३५ खेलमा सिटीले ८५ अंक बनाएको छ। जितपछि ब्राइटनको ३४ खेलमा ५८ अंक भएको छ। र, उ तालिकाको छैठौं स्थानमा छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया