
१ जेठ, काठमाडौंं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
एम चिदम्बरम स्टेडियममा चेन्नईले दिएको १४५ रनको लक्ष्य कोलकाताले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भट्टायो। कोलकाताको जितमा कप्तान नितिश रानाले अविजित ५७ रन बनाए भने रिंकु सिंहले ५४ रन बनाएका थिए। त्यस्तै जेसन रोयले १२ रन बनाएका थिए।
चेन्नईका बलर दिपक चहरले ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १४४ रन बनाएको थियो। चेन्नईका लागि शिवम दुबेले सर्बाधिक ४८ रन बनाए भने डेभोन कोनवेले ३० रन बनाएका थिए। त्यस्तै रविन्द्र जडेजाले २० रन बनाए भने रुतुराज गायकवाडले १७ र आजिख्य रहानेले १६ रन बनाए।
कोलकोताका वरुण चक्रवर्ती र सुनिल नारनले २/२ विकेट लिएका थिए भने वैभव अरोरा र श्रदुल ठाकुरले एक एक विकेट लिएका थिए।
यो जितपछि कोलकाताले प्लेअफको सम्भावनालाई कायम राखेको छ। यो जितपछि कोलकोताको १३ खेलमा १२ अंक भएको छ र सातौं स्थानमा रहेको छ। त्यस्तै चेन्नईको १३ खेलमा १५ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया