ए डिभिजन लिग : आज तीन खेल

७ जेठ, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेल हुँदैछ। ​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आइतबार तीन खेल हुन लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन्।

१९ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको एपीएफ सातौँ जितको खोजीमा हुनेछ। १९ खेलमा २३ अंक जोडेर आठौँ स्थानमा रहेको मनाङ छैटौँ जितको खोजीमा योजनामा हुनेछ।

च्यासल मैदानमा दिउँसो ३ बजे नै न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २३ अंक जोडेर नवौँ स्थानमा रहेको एनआरटी छैटौँ जितको खोजीमा हुनेछ। १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र पनि नवौँ जित निकाल्ने योजनामा हुनेछ।

दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जावलाखेल दशौँ जितको योजनामा छ । जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ। संकटा छैटौँ जितको योजनामा छ। ऊ १९ खेलमा २२ अंक जोडेर ११ औँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP