नेपाल र मलेसिया भिड्दै

१८ जेठ, काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी खेल्दै छ।

नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरु हुनेछ।

पाँच खेलको सिरिज एक–एकको बराबरीमा छ। पहिलो खेलमा खराब प्रदर्शन गर्दै ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भने रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ७ विकेटको जित हात पारेको थियो।

आज जित हात पारे नेपालले सिरिजमा दुई–एकको अग्रता बनाउनेछ। नेपालले चौथो खेल शनिबार र पाँचौ टी–२० आइतबार खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP