Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिगमा आज चार खेल

२६ जेठ, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार अन्तिम चरणको खेल शुरु हुँदैछ। शुक्रबार चार खेल हुन लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलबाट ३० अंक जोडेर ११औँ स्थानमा रहेको एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तीमा बराबरीको नतिजा आवश्यकता छ। २५ खेलबाट २७ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेण्ड्सलाई पनि रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ।

यस्तै दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको खुमलटार रेलिगेसनबाट जोगिन चर्च ब्वाईजलाई जित्नैपर्ने दबाबमा छ। चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ।

च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो २५ खेलमा ३५ अंक पाँचौँ स्थानमा छ।

दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौँ स्थानमा रहेको छ भने हिमालयन २५ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP