Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो च्याम्पियन


२९ जेठ, काठमाडौं : विश्व टेस्ट च्याम्पियन्सिपमा भारतलाई पराजित गरेर उपाधि जितेको अस्ट्रेलिया आइसीसीका सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ।

टेस्ट च्याम्पियन्सिपको फाइनलमा आइतबार भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले आइसीसीका सबै प्रतियोगिता जितेको हो। अस्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछाइरहेको भारतले पाँचौ दिनमा ६३ दशमलव ३ ओभरमा २३४ रनमा अलआउट भयो।

भारतका लागि विराट कोहली ४९, आजिख्य रहाने ४६, कप्तान रोहित शर्मा ४३, चैतेश्वर पुजारा २७ र शुभमन गिलले १८ रन बनाएका थिए। अस्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट लिए। स्कट बोलेन्ड रसमानले ३ विकेट लिए।

भारतले चौथो दिनको खेल सकिदा ३ विकेट गुमाउदै १६४ रन बनाएको थियो। चार दिनको खेल सकिँदा टेस्ट च्याम्पियन्सिपको फाइनल रोचक बनेको थियो। यस अघि अस्ट्रेलियाले पहिलो दिन ४६९ रन बनाएको थियो भने भारतले २९६ रन बनाएको थियो।

पहिलो इनिंगमा १७३ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंगमा ८ विकेट गुमाउदै २७० रन बनाएर भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो।

यो सँगै अस्ट्रेलियाले आइसीसीका प्रतियोगिताहरुमा एकदिवसीय विश्वकप पाँच पटक, टी-२० विश्वकप एक पटक, च्याम्पियन्स ट्रफी दुई पटक र विश्व टेस्ट च्याम्पियन्सिप जितेर आइसीसीका सबै प्रतियोगिता जित्ने टिम बनेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP