Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दै


३२ जेठ, काठमाडौं : नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दैछ। आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो। ​

जिम्बाबेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे शुरु हुने छ। नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटले पराजित भएको थियो।

त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो। यसरी नेपालले अभ्यास खेलमा लगातार तीन खेलमा हार बेहोरेको छ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ।

नेपालले पहिलो खेल असार ३ मा आयोजक जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ। नेपालले त्यसपछि असार ५ मा अमेरिकासँग खेल्नेछ। नेपालले असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन। शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP