Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

युरोकप छनोट : पोर्चुगल अपराजित, हारबाट जोगियो बेल्जियम


३ असार, काठमाडौं : पोर्चुगलले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट एक सय ९९ औँ क्याप जितेको खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिना माथि ३-० गोलको सहज जित हात पारेको हो।

लिस्वनमा गएराति भएको खेलमा घरेलु टोलीले ४४ औँ मिनेटमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजको सहयोगमा बर्नान्डो सिल्भाले गोल गरेका थिए । पहिलो हाफमै रोनाल्डोले हेडर गोल गरेका थिए। तर अफसाइड भएपछि उनको गोलले मान्यता पाएन । ७७ औँ मिनेटमा फर्नान्डेजले अग्रता दोब्बर पारे । इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि रोबर्टो मार्टिनेजको टोली ३-० को सहज जित हात पार्न सफल भयो।

समूह ‘जे’ मा रहेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। रोनाल्डो दुई सयौँ खेल पूरा गर्न अब एक क्यापले पछि छन्। सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोले एक सय ९९ खेलमा १ सय २ गोल गरेका छन्।

समूह ‘एफ’ मा रहेको बेल्जियम अस्ट्रियासँग १-१ गोलको बराबरीमा रोकियो। ब्रसेल्समा २१ औँ मिनेटमा अस्ट्रियाले मिखाएल ग्रेगोइखको आत्मघाती गोलमार्फत बनाएको थियो।

६१ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई हारबाट जोगाए। तीन खेलबाट सात अंकका साथ अस्ट्रिया शीर्ष स्थानमा र चार अंक जोडेको बेल्जियम दोस्रो स्थानमा छन्।

स्कटल्यान्डले अर्लिङ हालान्डको टोली नर्वे माथि २-१ गोलको रोमाञ्चक जित हात पार्‍यो। ६१ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गरेका थिए। तर स्कटल्यान्डका लागि ८७ औँ मिनेटमा लिन्डन डाइक्स र ८९ औँ मिनेटमा केनी मेक्लेनले गोल गरे। शतप्रतिशत नतिजा निकालेको स्कटल्यान्ड ९ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । मात्र एक अंक बटुलेको नर्वे चौथो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP