Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो खेलाडी बने रोनाल्डो


६ असार, काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन्।

युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन्। साथै उनले समूह ‘जे’ अन्तर्गत भएको खेलमा निर्णायक गोलसमेत गरे।

आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेका हुन्।

३८ वर्षीय रोनाल्डोले गोन्सालो इनासियोको हेडरमार्फत आएको बलमा गोल गर्दै डेडलक तोडे। उक्त गोल सुरुमा अफसाइड दाबी गरिए पनि पछि त्यसलाई भिडियो रेफ्रीले मान्यता दिएको थियो। साथै उनको कीर्तिमानी गोल संख्या १ सय २३ पुगेको छ।

साउदी प्रो–लिग अल नासरमा व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले गत मार्चमा कुवेती फवार्ड अल मुतवाको १ सस ९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान भंग गरेका थिए। उनले खेलपछि यो अविश्वसनीय उपलब्धी भएको प्रतिक्रिया दिए। यस्तो कीर्तिमानी खेलमा निर्णायक गोल अझ विशेष रहेको उनको भनाइ छ।

रोनाल्डो विगत २० वर्षदेखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। उनले राष्ट्रिय टिमबाट सन् २००३ मा डेब्यु गरेका थिए । स्पोर्टिङ लिस्बोन, म्यान्चेस्टर युनाइटेड, रियाल मड्रिड तथा युभेन्टसका पूर्व खेलाडी रोनाल्डो एसियाली लिगमा आएपनि उनी अहिलेसम्म राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् । उनको युरो छनोटमा यो पाँचौँ गोल हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP