Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पोखरामा ‘नेपाल–चीन फ्रेण्डसिप ड्रागन बोट रेस’ आजदेखि


८ असार, पर्वत : चीनको परम्परागत खेलको रूपमा रहेको ‘ड्रागन बोट रेस’ शुक्रबार पोखरामा शुरु हुँदै छ।

पर्वत नेपाल र चीनबिचको सम्बन्धलाई खेलका माध्यमबाट थप बलियो बनाउन तथा साँस्कृतिक आदानप्रदान गर्ने ‘नेपाल–चीन फ्रेण्डसिप ड्रागन बोट रेस’ प्रतियोगिता हुन लागेको हो।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनिया दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुन लागेको प्रतियोगितामा पोखराको फेवातालमा सञ्चालन हुँदै छ। प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठ विशेष खालका डुंगाा गत जेठ तेस्रो साता पोखरा ल्याएर सफल परीक्षण गरिएको थियो।

छिमेकी देश चीनमा करिब दुई हजार वर्ष अगाडिदेखि यो खेल चल्दै आएको छ। विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा आयोजना भइसकेको यो प्रतियोगिता चीनबाहिर दक्षिण एसियामा पहिलो पटक पोखरामा हुन लागेको हो। चीनमा मात्रै सीमित रहेको यो खेलको महत्त्व कम हुन नदिनको लागि विभिन्न देशमा आयोजना हुँदै आएको छ।

पुरस्कारमा मात्रै करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पहिलो हुने टोलीले पाँच लाख ५० हजार रुपैयाँ पाउने छ। यसअन्तर्गत २०० र ५०० मिटरको ‘इभेन्ट’ मा प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा नेपालको तर्फबाट नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरपालिकाको टोली गरेर चार समूहले प्रतिस्पर्धा गर्दै छन्। यस्तै चीन र सिंगापुरको तर्फबाट पनि चार टोलीले प्रतिस्पर्धा गर्न लागेका छन्। सिंगापुरको टोली यस अघि अस्ट्रेलियामा भएको ‘वाटर बोट रेस’ अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेताहो।

प्रतियोगितामा भाग लिनको लागि चीनबाट आएको टोली गत बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए, जुन विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय जहाज हो। चिनिया खेलाडी र पाहुनाका लागि पोखरामा खान, बस्न, आउजाउ गर्न लाग्ने आवश्यक खर्चको व्यवस्थापन चीन सरकारले गरेको छ।

एक टिममा १२ जना खेलाडी सहभागी हुने प्रतिस्पर्धामा चिनिया ‘ड्रम’ को तालमा खेलाडीले डुङ्गामार्फत निर्धारित दूरी पार गर्नुपर्ने छ। यो खेलमा प्रयोग गर्न ड्रागन जस्तै आकृति देखिने डुङ्गा फेवातालमा ल्याइएको छ। सहभागी समूहमा रहेका १२ मध्ये एक जनाले जनाले ‘ड्रम’ बजाउने छन्। एक जना सहभागी डुङ्गा पुच्छरतर्फको भागमा बसेर डुङ्गालाई कुन दिशामा अगाडि बढाउने हो सोही अनुसार डुङ्गा खियाउने छन्। बाँकी रहेका १० जनाले तीव्र गतिमा अगाडि बढ्न डुङ्गाको बिच भागबाट खियाउने छन्।

पोखरा लेकसाइड स्थित क्याम्पिङ चोकमा मूल समारोहको आयोजना गरेर औपचारिक कार्यक्रम सञ्चालन भएपछि प्रतिस्पर्धा सुरु हुने छ। सो अवसरमा नेपाल सहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति र खानाका परिकारको प्रदर्शनी समेत गरिँदै छ।

नेपाल र चीनबिच रहिआएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो। चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्धनमा सघाउ पुग्ने आयोजकको विश्वास छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएका छन्। यो प्रतियोगिता पोखरामा हरेक वर्ष आयोजना गर्ने भनिएको छ।

उनले पोखरामा अन्तर्राष्ट्रिय विमान आउने–नआउने अन्योल चल्दा खेलकुदले त्यो सम्भव देखाएको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्। पोखरा मात्र नभई नेपाललाई नै अन्तर्राष्ट्रिय रूपमा खेलकुदले चिनाएको उनीहरूको भनाइ छ। नेपाल हवाई खेलकुद संघ पूर्व अध्यक्ष कृष्ण भण्डारीले चिनियाँ पर्यटक बढी साहसिक खेलमा रमाउने गरेको बताए।

पोखरामा आउनेमध्येका करिब ८० प्रतिशत पर्यटकहरूले साहसिक खेल मन पराउने गरेको भन्दै उनले ड्रागन बोट रेसकै कारण अन्तर्राष्ट्रिय विमान ‘चार्टड’ गरेर चिनिया खेलाडी नेपाल आएको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP