Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

मेयर विरुद्ध जनकपुरमा मो.सा. जुलुस

मृत्यू के कसरी भयो पोष्टमार्टमको रिपोर्टपछि नै थाहा हुनेछ ।

जनकपुरधाम

मेयरलाई कारवाहीको माग गर्दै जनकपुरमा मोटरसाईकल मो.सा. जुलुस प्रदर्शन गरिएको छ ।

धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल विरुद्ध उनीहरुलाई नारावाजी सहित जुलुस निकालेका हुन । गत साउन २१ गते मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच भएको झडपको क्रममा घाईते भएका अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डलका बुधबार साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यू भएपछि उपमेयर पक्षधरले मेयर मण्डललाई कारवाहीको माग गर्दै नारावाजी गरेका हुन् ।

मेयर रामज्ञान मण्डल मूर्दावाद, मेयर मण्डललाई कारवाही गर, हत्यारा मेयरलाई कारवाही गर जस्ता नारा सहित जनकपुरभरि जुलुस प्रदर्शन गरेको हो । करिब ४ सय मोटरसाईकलको सँख्यामा सयौं जनाले जनकपुरमा प्रदर्शन गरेका हुन् । कार्यालयको केन्द्र सार्ने विवादमा भएको झडपको क्रममा ६ जना प्रहरी सहित मेयर उपमेयर पक्षधर गरी घाईते भएको थियो । सो क्रममा तपेश्वर मण्डल गम्भिर घाईते भएर अस्पतालमा उपचाररत थिए ।

झण्डै १ महिनापछि उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्तपालमा मृत्यू भएपछि बुधबार बेलुका समेत उपमेयर पक्षधरले मेयर मण्डललाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको थियो भने केही बेर जनकपुर अञ्चल अस्पताल तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेरमा प्रहरीको सहयोगमा स्थिति नियन्त्रणमा लिएपछि अस्पताल परिसर साम्य भएको थियो । मेयर मण्डल पक्षधरको कुटाईबाट तपेश्वरको मृत्यू भएको दाबी उपमेयर पक्षले गरेका छन् ।

यता, हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले भने मृतक तपेश्वरको किडनीको समस्या विगतदेखि नै रहँदै आएकोमा उनको मृत्यू भएको भनेर प्रतिक्रिया दिएका छन् । उनले भने, ( ूउनलाई त पहिलेदेखि नै किडनीको विरामी थियो, अब उनको मृत्यू कसरी भयो भनेर पोष्टमार्टमको रिपोर्टपछि नै थाहा हुनेछ । झडपको क्रममा उनलाई समान्य चोटपटक लागेको थियो ।ू

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP