Trending
राजनीति उपराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट राजनीति रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म अन्तर्राष्ट्रिय भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ समाज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा खेल जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु समाज उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकी दूतावासमा कयौँ ड्रोन तथा रकेट आक्रमण समाज हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति समाज बाजुरामा ढुङ्गा प्रहारबाट एकजनाको हत्या राजनीति निर्वाचित भएका उम्मेदवारलाई पर्सि चैत ५ गते प्रमाणपत्र वितरण गर्ने

नारायणगढ–मुग्लिन  सडकखण्ड  पुन: अवरुद्ध

काठमाण्डाै ।

 नारायणगढ–मुग्लिन  सडकखण्ड  पुन: अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान तीन बजे त्यही ठाउँमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि त्यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले त्यस ठाउँमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डाै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP