Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वर्षाका बेला हैजा र झाडापखालाबाट बच्न अपनाउनुस् यस्ता उपाय


१६ असार, काठमाडौं : वर्षायाम सुरु भइसकेको छ। जसले गर्दा देशभरका साना-ठूला खोलानाला बढेका छन्। यो मौसममा बाढी पहिरोको जति जोखिम हुन्छ त्यतिनै हामीले खाने खानेपानीको मुहानहरू दूषित हुने जोखिम हुन्छ।

वर्षातको मौसममा बाढी पहिरोले गर्दा हामीले खाने पानीको मुहान फोहोर हुने तथा खानेपानीको पाइपमा दुषित पानी मिसिने गर्छ। जसले गर्दा हामीले झाडापखाला तथा हैजाको जोखिम उच्च हुने गर्छ। त्यसैले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिनु पर्छ।

बर्षातको मौसममा शुद्ध पानी कसरी खाने?

  • उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिऔँ ।
  • खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं। सफा भाँडाले मात्र खानेपानी निकालौं ।
  • खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं। सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
  • खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धोऔं ।
  • साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।
  • दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा नै फ्याकौं।
  • झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं।

-हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP