Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको बर्ष सन २०२३/०२४ को अध्यक्षमा माया बस्नेत

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको बर्ष सन २०२३/०२४ को अध्यक्षमा माया बस्नेत चयन हुनुभएको छ । शनिबार भएको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममा क्लबको अध्यक्षमा बस्नेत चयन हुनु भएको हो ।

विभिन्न संघ संस्थामा आवद्ध रहि विगतदेखि साामाजिक क्रियाकलापमा सक्रिय रहनु भएकी बस्नेत शिवराज नगरपालिकामा रहेको सामुदायिक रेडियो शिवराज एफ.एम.१०६.८मा कार्यक्रम प्रमुखको रुपमा समेत लामो समय कार्यरत रहि हाल आइ एम इ लाइफ इन्स्योरेन्स चन्दौटा शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ । बस्नेतलाई रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका पूर्व प्रेसिडेन्ट गोपाल बन्जाडेले पद हस्तान्तरण गर्नु भएको थियो । नव अध्यक्ष बस्नेतलाई पास्ट प्रेसिडेन्ट श्रृजन पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष बस्नेतले आफ्नो एक बर्षे कार्यकालमा विभिन्न सामाजिक क्रियाकलाप गर्ने बताउनु भयो । क्लबलाई जिल्लामा दर्ता गर्ने ,धान खोला देखि पिपरी सम्म पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्स , प्रहरी र हस्पिटलहरुको सम्पर्क नम्बर सहितको बोर्डहरु राख्ने क्लबमा आवद्ध रोट्रयाक्टहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गरिने बताउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सि.ले युवाहरुको सहभागिता रहेको क्लबले विगतका समयमा पनि नगर क्षेत्रमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको र अबको नयाँ टिमले समेत सक्रिय रुपमा सामाजिक क्रियाकलाप गर्ने विश्वास व्यक्त गर्नु भयो । साथै प्रदेश सदस्य के.सी.ले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्र बेल्वासे रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष हेमराज शर्मा, रोटरी क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष टोपलाल पोखरेल, पूर्व अध्यक्षहरु महादेव पोखरेल, प्रकाश पौडेल, तोयनाथ गैरे स्थानिय समाजसेवी व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रोट्रयाक्ट क्लबका अमृता पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP